२६ वैशाख काठमाडौँ / राजसंस्था पक्षधरहरूले काठमाडौँमा मोटरसाइकल र्याली निकालेका छन् ।
मोटरसाइकल र्यालीमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरू सहभागी थिए ।
थापाले आफै मोटरसाइकल चलाएका थिए । सुकेधाराबाट सुरु भएको मोटरसाइकल र्याली महाराजगंज, बालाजु, स्वयम्भू, कलंकी हुँदै बल्खु चोकमा पुगेर सकिएको थियो ।