२०८२ अषाढ १७, मंगलबार

मोडल कुसुम शर्मा (सकम्बरी) ले गरिन् इन्गेजमेन्ट

प्रकाश सपुतको गीत ‘सकम्बरी’ मार्फत मोडलिङमा उदाएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १, बुधबार
मोडल कुसुम शर्मा (सकम्बरी) ले गरिन् इन्गेजमेन्ट

३१ वैशाख काठमाडौँ / प्रकाश सपुतको गीत ‘सकम्बरी’ मार्फत मोडलिङमा उदाएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी विश्वास अधिकारीसँग मंगलबार इन्गेजमेन्ट गरेकी हुन् ।

चितवनमा आयोजित इन्गेजमेन्ट समारोहमा उनका आफन्त र पारिवरका सदस्यको उपस्थिति थियो । कुसुमले छिटै विवाह गर्ने बुझिएको छ । दुवैले केही समयको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

दुवै परिवारको सहमतिमा इन्गेजमेन्ट भएको बताइन्छ । टिकोटालो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरिएको बताइएको छ । कुसुम म्युजिक भिडियोमा व्यस्त मोडल हुन् । उनले फिल्म समेत अभिनय गर्दै छिन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस