२०८२ अषाढ १७, मंगलबार

कांग्रेसले गणतन्त्रको पक्षमा आमसभा गर्ने

नेपाली कांग्रेसले गणतन्त्रका पक्षमा आमसभा गर्ने तयारी गरेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २०, सोमबार
कांग्रेसले गणतन्त्रको पक्षमा आमसभा गर्ने

१९ जेठ काठमाडौं / सत्तारूढ नेपाली कांग्रेसले गणतन्त्रका पक्षमा आमसभा गर्ने तयारी गरेको छ । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आमसभा गर्ने निर्णय भए पनि कुन मिति र स्थानमा गर्ने भन्ने तय भइसकेको छैन ।

गणतन्त्रका पक्षमा सभा गर्ने भन्ने भएको छ । तर, मिति र स्थान तोकिसकेको छैन, बैठकमा सहभागी संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले भने, “यसका विषयमा थप होमवर्क भएपछि स्थान र समय पनि तोकिने छ ।”

गणतन्त्रविरुद्ध राजावादीको आन्दोलन जारी रहँदा नेकपा (एमाले)ले गणतन्त्र दिवसकै जेठ १५ गते अवसरमा झाँकीसहितको र्‍याली गरेको थियो । त्यसअघि गत चैत १५ गते माओवादी केन्द्रले पनि काठमाडौंमा कार्यक्रम गरेको थियो ।

कांग्रेसले भने त्यस्ता कार्यक्रम राखेको थिएन तर, गणतन्त्रका पक्षमा सन्देश दिनेगरी कार्यक्रम गर्ने तयारी गरेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस