२२ जेठ काठमाडौँ / अख्तियारले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि एकीकृत समाजवादीका नेताहरू छलफलमा जुटेका छन् ।
संसद् भवन बानेश्वरमा कांग्रेस, माओवादी लगायतका नेताहरूसँग छलफल भइरहेको छ । राजेन्द्र पाण्डेले दलहरूसँग छलफलको तयारी भइरहेको बताए ।
अख्तियारले पतञ्जलि योगपिठको जग्गा खरिद बिक्रीमा अनियमितता भएको भन्दै नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि नेकपा एकीकृत समाजवादीका नेताहरू छलफलमा जुटेका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा एकीकृत समाजवादीका नेता तथा सांसदहरू नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका नेताहरूसँग छलफलमा जुटेका हुन् । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले दलहरूसँग छलफलको तयारी भइरहेको बताए ।
संसद् भवन बानेश्वरमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, माओवादीका नेता शक्ति बस्नेत, एकीकृत समाजवादीका प्रकाश ज्वाला लगायत छलफलमा जुटेका छन् ।