२०८२ अषाढ १७, मंगलबार

अमेरिकाबाट फर्किए नेपाली कोही बोरा बोकेर त कोही रित्तै

अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु कोही बोरा बोकेर त कोही रित्तो हात फर्किएका छन् ।
अमेरिकाबाट फर्किए नेपाली कोही बोरा बोकेर त कोही रित्तै

२६ जेठ काठमाडौं / अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु कोही बोरा बोकेर त कोही रित्तो हात फर्किएका छन् । आइतबार मध्यराति ३७ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदा यस्तो दृश्य देखियो ।

अध्यागमन कानुन उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीहरु गएराति काठमाडौं फर्किएका थिए । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याएर छाडेको हो ।

अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली गएराति फर्किएका छन् । उनीहरुलाई हत्कडी लगाइएको थियो कि थिएन भन्ने खुलेको छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस