२०८२ अषाढ १७, मंगलबार

गोक्यो ताल क्षेत्रबाट चिनियाँ नागरिकको उद्धार

सोलुखुम्बुस्थित गोक्यो ताल क्षेत्रबाट एक जना चिनियाँ नागरिकको उद्धार भएको छ ।
गोक्यो ताल क्षेत्रबाट चिनियाँ नागरिकको उद्धार

२७ जेठ काठमाडौँ / सोलुखुम्बुस्थित गोक्यो ताल क्षेत्रबाट एक जना चिनियाँ नागरिकको उद्धार भएको छ ।

नेपाल प्रहरीको पर्यटक प्रहरी, भृकुटीमण्डपबाट खटिएको टोलीले मंगलबार बिहान गोक्यो ताल क्षेत्रमा रहेको एक होटलबाट चिनियाँ नागरिकको उद्धार गरी काठमाडौं ल्याएको डिएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।

आत्महत्या गर्न लागेको भन्ने सूचना पाएपछि पर्यटक प्रहरी अल्डिच्युट हेलिकप्टरमा मंगलबार बिहान साढे ५ बजेतिर काठमाडौंबाट उडेको थियो ।

चिनियाँ नागरिक छेई हुवाङ त्यहाँको ‘थांका इन’ मा बस्दै आएका थिए । बुधबार उनको जन्मदिन समेत हो । उनले चिनियाँ सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गरेका थिए । जसमा उनले तालमा डुबेर मर्न चाहेको भन्दै उल्लेख गरेका थिए ।

उक्त पोष्ट हालेको थाहा पाएपछि काठमाडौंस्थित चिनियाँ दूतावासले पर्यटक प्रहरीलाई सम्पर्क गरेको थियो । पर्यटक प्रहरीलाई सोमबार अपराह्न ५ बजेतिर खबर गरेको थियो । उक्त खबरपछि नेपाल प्रहरीका दुई जना अधिकारी मंगलबार बिहानै गोक्यो ताल क्षेत्रका लागि गएका थिए ।

‘उहाँ कुन होटलमा बसेको भन्ने थाहा पाएका थियौं। त्यहाँको होटलका सञ्चालकलाई पनि सम्झाएर राखिराख्नु हिँड्न नदिनु भनेर खबर गर्‍यौं,’ एक प्रहरीले भने । होटलमा सञ्चालकले सम्झाएर राखेपछि प्रहरीको टोली पुगेको थियो । उक्त टोली पुगेर मंगलबार बिहान सम्झाएको थियो ।

करिब आधा घण्टा सम्झाइसकेपछि भने प्रहरीसँग आउन मानेको थियो । हेलिकप्टरमा १०ः ५३ बजेको समयमा हेलिकप्टर काठमाडौं आइपुगेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस