२०८२ अषाढ १७, मंगलबार

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार साँझ बालुवाटारमा छलफल भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ अषाढ ४, बुधबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल

असार ४ काठमडौँ / प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार साँझ बालुवाटारमा छलफल भएको छ ।

नेकपा एमाले का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न भण्डारी मंगलबार साँझ ६ बजेतिर बालुवाटार पुगेकी थिइन् । उनीहरूबीच करिब डेढ घन्टा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दियो ।

पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने मनसायमा छिन् । उनका पछिल्ला गतिविधि र दौडधूपले त्यही संकेत गरिरहेको छ ।

भेटका क्रममा चीन भ्रमण, समसामयिक विषय, पछिल्ला राजनीतिक घटनाक्रम र सरकार सञ्चालन लगायत विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारी निकट नेताहरूले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस