२०८२ अषाढ १७, मंगलबार

इजरायलमा रहेका नेपालीको उद्धारका लागि दूतावासले थाल्यो नाम दर्ता

नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नाम दर्ता सुरु गरेको छ ।
इजरायलमा रहेका नेपालीको उद्धारका लागि दूतावासले थाल्यो नाम दर्ता

असार ४ काठमाडौँ / नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नाम दर्ता सुरु गरेको छ । दूतावासले सार्वजनिक सूचना जारी गर्दै उद्धार गर्नुपर्ने र स्वदेश फिर्ता हुन चाहनेका लागि अनलाइन दर्ता सुरु गरेको जनाएको हो ।

इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्या, त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ ।

उद्धार गर्नुपर्ने र स्वदेश फिर्ता हुन चाहने नेपाली नागरिकले दूतावासले उपलब्ध गरेको वेब लिंकमा क्लिक गरी रजिष्ट्रेसन गर्न अनुरोध गरिएको छ । इजरायलमा साढे पाँच हजार नेपाली रहेको दूतावासले जानकारी दिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस