२०८२ अषाढ १७, मंगलबार

नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले विशेष सम्बोधन गर्दै

बैठकमा हालसालै महाधिवशेन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज अध्यक्ष,निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रुपमा रहने छन् ।
नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले विशेष सम्बोधन गर्दै

असार ४ काठमाडाैँ / अहिले बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको बैठकमा हालसालै महाधिवशेन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज अध्यक्ष,निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रुपमा रहने छन् ।

पार्टी स्थायी कमिटीका सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन गर्नुहुनेछ । नयाँ नेतृत्वलाई संगठन विस्तार,पार्टी र सरकारले गरेका राम्रा कामहरु जनता समक्ष पुर्याउने,मिसन ०८४ लाई लक्षित गरेर पार्टीले अघि सारेका अभियानको प्रभावकारी कार्यन्वयन आदिका बारेमा प्रधानमन्त्रीले प्रष्ट पार्नुहुने ढकालले जानकारी दिनुभयो ।

यसैगरी पार्टी उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी र जनसंगठनबीचको समन्वयमा देखिएका अफठ्याराहरुलाई सहजिकरण गरेर संगठनको भूमिकालाई कसरी प्रभावकारी रुपमा स्थापित गर्ने भन्ने विषयमा स्पष्ट पार्नुहुनेछ । नयाँ नेतृत्वलाई पार्टीको जनसंगठन संयन्त्रका नीति,विधि र भूमिकाका बारेमा जनसंगठन समन्वयका प्रमुखका बारेमा प्रमुख भानुभक्त ढकालले प्रष्ट पार्नुहुने छ ।बैठककमा हरेक जनसंगठनका अध्यक्षले महाधिवेशनपछि हालसम्मको अवस्थाका बारेमा रिर्पोटिङ गर्नुहुनेछ ।

आजको बैठकबाट निवर्तमान अध्यक्षहरुलाई विदाइ र नयाँ निर्वाचित अध्यक्षलाई स्वागत पनि गरिने ढकालले जानकारी दिनुभयो । एमालेका २३ जनसंगठन मध्ये समयअवधि पुगेका १६ वटा जनसंगठनको महाधिवेशन सकिएको छ भने बाँकी ७ वटाका महाधिवेशनहरु सुरु हुने चरणमा छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस