२०८२ अषाढ १७, मंगलबार

टुँडिखेलमा मगर समुदायको भूमे पूजा

मगर भाषा बोल्ने समुदायले मनाउँदै आएको भूमे पूजा काठमाडौँमै पनि मनाइएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ अषाढ १, आईतबार
टुँडिखेलमा मगर समुदायको भूमे पूजा

१ असार काठमाडौँ / काठमाडौँ अठार मगरात क्षेत्रमा बसोबास गरी खाम अर्थात् मगर भाषा बोल्ने समुदायले मनाउँदै आएको भूमे पूजा काठमाडौँमै पनि मनाइएको छ । परापूर्व कालदेखि मनाउँदै आइएको यो पर्व आइतबार टुँडिखेलमा मनाइएको हो ।

भूम्या पर्वमा भूमि अर्थात् जमिनलाई देवताका रूपमा पूजाआजा गर्दै बालीनाली सप्रियोस्, खेतीपातीका लागि पानी परोस् र बाढी पहिरोले कसैको अकालमा ज्यान नजाओस् भनी प्रार्थना गर्ने गरिन्छ ।

असार १ भूम्या अर्थात् भूमि पूजाको अति उत्तम साइत मानिन्छ । यही मान्यता अनुसार टुँडिखेलमा भूमे पूजा मनाइएको हो । टुँडिखेलमा असार ३ गतेसम्म भूमे पर्व मनाइने आयोजक पक्षले जनाएको छ । लेकमा गइ बुकी फूल टिपेर ल्याएर भूमे पूजा गरिन्छ ।

आजको दिन ब्रत बसी पूजा गर्ने, चामलको सेतो टिकासँगै बुकी फूल लगाउने तथा शुभकामना आदानप्रदान, आगामी वर्षका लागि साडो भाकल गर्ने र भूमे नाच नाच्ने चलन छ ।

भूमिको पूजा मात्रै नभई अठार मगरात क्षेत्रमा बसोबासी मगर समुदायले भूम्या पर्वलाई नयाँ वर्षका रूपमा पनि मनाउने गर्दछन् । भूम्या पूजा गरी बस्तुभाउको चरिचरण क्षेत्र खुल्ला र बन्द गर्ने, गाउँको मुखिया, पुजारी र कटुवाल चुन्ने काम र आफ्नो गाउँको विकास योजना गाउँलेहरूको सहभागितामा निर्माण गर्ने काम पनि भूम्या वर्षकै बेला गर्ने चलन छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस