२०८२ अषाढ १७, मंगलबार

संसद्‍मा रास्वपाको विरोध जारी रहने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्‍मा विरोध जारी राख्ने बताएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ अषाढ २, सोमबार
संसद्‍मा रास्वपाको विरोध जारी रहने

२ असार, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्‍मा विरोध जारी राख्ने बताएको छ ।

रास्वपाका नेता शिशिर खनाल आफूहरूको माग सम्बोधन नभएको बताउँछन् । रास्पाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने रास्वपाको अडान छ । यी माग पूरा नभएसम्म संसद्‍मा विरोध जारी राख्ने रास्वपाका नेताहरू बताउँछन् ।

विरोधलाई अगाडि बढाउने सम्बन्धमा रास्वपा आन्तरिक छलफलमा छ । यस निम्ति रास्वपाका सांसदहरू नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा छलफलमा जुट्दैछन् ।

भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा छ । अख्तियारले यो विषय उजागर गरेपछि संसद्‍मा विपक्षी दलहरूले प्रवेश गराएका थिए ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सत्तापक्षसँग सहमति गरेर संसद्को कामकारबाहीमा सहभागी भएको छ । तर, रास्वपाले गृहमन्त्रीको राजीनामा र संसदीय छानबिनको माग छाडेको छैन ।

आइतबार रास्वपाका सांसदहरूले सवा ३ घण्टासम्म संसद्‍मा नाराबाजी गरेका थिए । आज सोमबार पनि प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । त्यसअगाडि संघर्षको नीतिबारे रास्वपाले आन्तरिक छलफल गर्न लागेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस