२०८२ अषाढ १७, मंगलबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ

सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँ बढेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २५, बिहिबार
सुनको मूल्य बढ्यो

२५ वैशाख काठमाडौं / नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो चार दिनमा सुन प्रतितोला सात हजार ६०० रुपैयाँ बढेको छ । वैशाख २२ गते सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँ घटेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधाबार चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस