२०८२ अषाढ १७, मंगलबार

शिक्षक आन्दोलन

निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरी र शिक्षक विच झडपमा पत्रकार घाइते

नेपाल शिक्षक संघले काठमाण्डौ केन्द्रित आन्दोलन आज २६ दिनमा झडपको स्थिति हुन पुगको छ । सर्वोच अदालतले ३ दिन भित्र शिक्षकको जायज माग पुरा गरी विद्यालयमा फर्किन आदेश दिए पनि नेपाल शिक्षक संघ आफ्नो माग सडकबाट नै पुरा गर्नु पर्ने अडान राख्दै आउदा आन्दोलन अराजकको रुपमा परिणत हुन पुगेको छ ।
निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरी र शिक्षक विच झडपमा पत्रकार घाइते

१४ बैषाख, काठमाण्डौ / नेपाल शिक्षक संघले काठमाण्डौ केन्द्रित आन्दोलन आज २६ दिनमा झडपको स्थिति हुन पुगको छ । सर्वोच अदालतले ३ दिन भित्र शिक्षकको जायज माग पुरा गरी विद्यालयमा फर्किन आदेश दिए पनि नेपाल शिक्षक संघ आफ्नो माग सडकबाट नै पुरा गर्नु पर्ने अडान राख्दै आउदा आन्दोलन अराजकको रुपमा परिणत हुन पुगेको छ । आन्दोलन अराजक हुदा शिक्षक र प्रहरी विच झडप हुदा प्राइम टेलिभिजनका सम्वादाता सविना कार्की सहित ५० शिक्षक शिक्षिका घाइते हुन पुगेको छ ।

शिक्षक अान्दाेलन
आज बानेश्वरमा सधै जसो जादु देखाउने र नाच घान गर्ने भन्दा पनि निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीले अस्तक्षेप गरेको थियो । निषेधित क्षेत्र तोड्नका लागि शिक्षक शिक्षिका ढुङ्गा मुडा गर्दै निषेधित क्षेत्रको वार ताड्न तर्फ लाग्दा प्रहरीले पानीको फोहरा र लाठि जार्च गरेको हो ।

शिक्षक अान्दोलन
यस अघि पनि नेपाल शिक्षक संघ ले पटक पटक आन्दोलन गर्दै आएको थियो तर यस पटक भने आफ्नो माग पुरा नहुदा सम्म आन्दोलन जारी राख्ने वताएको नेपाल शिक्षक संघले अदालतको आदेशलाई समेत व्यवास्ता गर्दै सरकारको प्रतिपक्षिको इसारामा हिडिरहेको देखिन्छ । अधिकांस शिक्षक सर्वोच्च अदालतको आदेश अनुसार विद्यालय फर्कि सकेका छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपाल शिक्षक संघलाई आन्दोलन नरोक्न र नेपाल शिक्षक संघलाई आफ्नो सर्मथन रहेका भन्दै अभिव्यक्ति दिएको र सोही अनुसार सर्वोच्च अदालतको आदेश समेत नमानि सडक आन्दोलनमा अराजक रुपमा ढुङ्गा मुडामा शिक्षक शिक्षिका उर्तिनुले पार्टी संगठनको रुपमा आन्दोलन जारी रहेको देखिन्छ ।

drishtinepal

सोहि घटनालाई लिएर प्रेस चौतारी नेपालले विज्ञप्ती मार्फद प्राईम टेलिभिजन सम्वादाता सविना कार्की प्रति भएको आक्रमणको निन्दा र भत्सना गरेको छ । सम्वादाता कार्कीको उपचार र सत्य तथ्य छानविनको माग पनि गरेको छ ।

drishtinepal

#drishtinepal #NepalTeachersAssociation #kathamandu #Education

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस