
४ पुष,धादिङ/ धादिङ्ग जिल्ला धुनिवेशि नगरपालिका वडा ६ बस्ने बादी इन्दिरा चापागाईंका श्रीमान् राजाराम चापागाईंले जिल्ला अदालतबाट आएका डोरका कर्मचारीलाई सूचना टाँंसमा अबरोध सृजना गरे पनि सूचना टाँस गरेका छन ।
पहिला पनि अदालतबाट आएका डोरका कर्मचारीलाई वादी पक्ष राजाराम चापागाईंले नै अबरोध गरे पछि सूचना टाँस नै नगरी जिल्ला अदालत धादिङका डोर कर्मचारी फर्किएका थिए । बादी राजाराम चापागाईंले जिल्ला अदालत धादिङमा सार्वजनिक सडक बाटोमा खिचलो मेटाइ संरचना हटाई खाली गरी चलन चलाई पाउँ भन्दै मिति २०८० चैत्र ५ गते मुद्दा दर्ता गरेका थिए ।
उनै बादी राजाराम चापागाईंले अदालतको फैसलालाई कार्वान्वन गर्न नदिइ डोरका कर्मचारीलाई अबरोध गर्नुका साथै अदालतको आदेश मान्दिन भन्ने कार्वान्वनमा आलटाल र बलजफ्ती कार्य गर्दै आएका चापागाईंले घटनामा रहेका पत्रकारलाई भिडियो खिचेको भन्दै दुव्र्यवहार र गालिगलोज समेत गरेका छन् ।
बादी राजाराम चापागाईं आफैले सार्वजनिक जग्गामा शौचालय सेफ्टी टंयाकी लगात संरचना निर्माण गरी भोग चलन गरेका छन् भने उनै चापागाईंले छिमेकी अर्जुन श्रेष्ठलाई सार्वजनिक सडक बाटोमा खिचलो मेटाइ संरचना हटाई खाली गरी चलन चलाई पाउँ भन्दै मुद्दा दर्ता गरेका थिए । मुद्दा दर्ता पछि मिति २०८१ जेष्ठ १४ गते आएको फिल्ड डोर
कर्मचारीलाई समेत अबरोध गर्ने आफु अनुकुल नापी हुनु पर्ने भन्दै कर्मचारी माथि वादी राजाराम चापागाईंले दुव्र्यवहार गरे भने मुचुल्का समेत हस्ताक्षर गरेका थिएनन । नापि कार्यालय र जिल्ला अदालतबाट आएका फिल्ड डोरको प्रतिवेदनमा वादी राजाराम चापागाईंले प्रतिवादी नानु मैया श्रेष्ठको नाममा रहेको कित्ता नं ११६१ को जग्गा नै १ मिटर १० सेन्टिमिटर मिचेको उल्लेख भएको थियो ।
अहिले सो जग्गा अदालतमा बिचाराधिनमा छ भने सार्वजनिक सडक बाटोमा खिचलो मेटाइ संरचना हटाई खाली गरी चलन चलाई पाउँ भन्दै वादी राजाराम चापागाईंले हालेको मुद्दा फैसला कार्वान्वन गर्नमा आफै वादी राजाराम चापागाईंले जिल्ला अदालतबाट आएको डोर कर्मचारीललाई अवरोध गर्ने र गालिगलोज जस्ता क्रीयाकलापले अदालतको आदेशलाई समेत अटेर गरी अदालत माथि अपमान गरेका छन् ।
भिडियो …