रसुवा / रसुवा जिल्ला हिमाली जिल्लामा पर्दछ । रसुवा जिल्लामा विषेश गरी, आलु खेती, बाख्रा पालन र रम्वो ट्राउट माछा पालन, हुदै आएको छ । रेम्बो ट्राउट माछा पालनका सुरुवाती जिल्ला नै रसुवा हो । रसुवा जिल्लाको धुन्चेमा रहेको रेम्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रले नुवाकोट, धादिङ, सोलुखुम्बु लगाएत विभिन्न स्थानमा भुरा माछा विक्री वितरण गर्नुको साथै अनुसन्धान केन्द्रले किसानहरुलाई सहजिकरण समेत गर्ने गरेको छ ।
हाल रसुवा जिल्लामा आधा दर्जन रेम्बो ट्राउट माछा पालनका किसान रहेका छन् । यहाँको माछा विषेश गरी चिसो पानीमा पालन गरेकोे हुदा माछाको स्वाद स्वादिलो र पोसिलो हुने भएकोेले यस ठाउँको माछा वढि माग हुने गरेको छ । भने अन्य स्थानको माछा भन्दा यहाँको माछा ढिलो वृद्धि हुने भएको कारण पनि अन्य जिल्लाको तुलनामा केही महंगो पर्न जाने किसानहरु वताउछन् ।
कृषि ट्राउट माछा पालन फर्मका संचालक यांजी तामाङले २ वटा पोखरीमा १५ सय देखी १६ सय भुरा माछाबाट रेम्बो ट्राउट माछा पालन सुरु गर्नु भएकी यांजी तामाङले हाल आएर १६ वटा पोखरीमा २० देखी २५ हजार सम्म रेम्बो ट्राउट माछा पालन गर्नु भएको छ । माछा पालन संगै सुरुवाती चरणमा २ वटा पोखरीको लागि अनुदान पाउनु भएकी यांजी तामाङ अनुदानको रकमको सपोटबाट यहाँ सम्म अएको वताउनु हुन्छ । माछा फर्म संगै होटल व्यवसाय पनि गर्नु भएको छ । होटल व्यवसाय भए पछि धेरै जसो माछा होटलबाट नै विक्री हुने गरेकोले आम्दानी राम्रो भएको वताउनु हुन्छ ।
भिडियाे लिंक…….