
चितवन : मुग्लिन–नागढुङ्गा सडक खण्डमा आज देखि तीन दिनसम्म रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार सडक स्तरोन्नति कार्यका लागि राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोक लगाइनेछ।
मुग्लिन–नागढुङ्गा सडक योजना अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर लगायतका स्थानमा निर्माण कार्य भइरहेको छ। दिनको समयमा अत्यधिक सवारी चापका कारण काम गर्न कठिन भएपछि रातिको समय रोजिएको प्रशासनले जनाएको छ। नौबिसे नागढुङ्गा सडक खण्ड अन्तर्गत भने हलुका सवारी साधनलाई रोकिने छैन ।