२०८३ आश्विन ८, बिहिबार

सुन तस्करी

आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट सुनसहित पक्राउ
आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं, ८ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

कतारको दोहा हुँदै काठमाडौं आएका ४२ वर्षीय मोहम्मद चेरा थोडीलाई विमानस्थलको पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, कतारबाटै काठमाडौं आएका एक नेपाली नागरिक पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी रहेका छन्।

अन्सारीको साथबाट ६९.६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद सुनसहित प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस