२०८३ भाद्र १४, आईतबार

बाडी कहर

आफन्तले शव बुझ्ने अवसर नपाउँदै चितवनमा २३३ शव व्यवस्थापन गर्ने तयारी, सरकारको चौतर्फी विरोध

बिना तयारी शव ब्यबस्थापन
आफन्तले शव बुझ्ने अवसर नपाउँदै चितवनमा २३३ शव व्यवस्थापन गर्ने तयारी, सरकारको चौतर्फी विरोध

काठमाडौं, भदौ २९ । गत भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। चीन–नेपाल सीमाबाट बग्ने लेन्दी खोला (भोटेकोशी) मा आएको भीषण बाढीले हजारौं नागरिकलाई प्रत्यक्ष प्रभावित बनाएको छ।
बाढीका कारण सयौं घरपरिवार विस्थापित भएका छन् भने ठूलो संख्यामा मानिसहरू अझै बेपत्ता तथा सम्पर्कविहीन रहेको बताइएको छ। कतिपय परिवारका सबै सदस्य नै बाढीमा परेकाले खोजी गर्ने आफन्तसमेत नभएको अवस्था रहेको स्थानीयले बताएका छन्।
बेपत्ता व्यक्तिहरूको खोजीका क्रममा विभिन्न स्थानमा शव फेला परे पनि आफन्तहरूले आर्थिक अभावका कारण शव गन्तव्यसम्म लैजान कठिनाइ भइरहेको गुनासो गरेका छन्। प्रभावित परिवारहरूले सरकारले राहत र सहजीकरण गर्नुपर्ने समयमा पर्याप्त सहयोग नपाएको आरोप लगाएका छन्।

drishtinepal
यसैबीच चितवनमा फेला परेका २३३ वटा शव आफन्तले पहिचान तथा जिम्मा लिन पर्याप्त अवसर नपाउँदै व्यवस्थापन गर्ने तयारी गरिएको भन्दै विरोध बढेको छ। भरतपुर महानगरपालिका–१ रामनगर, देवघाट सडकखण्ड नजिकको जंगल क्षेत्रमा शव व्यवस्थापन गर्ने तयारी भएपछि स्थानीयवासी, मानवअधिकारकर्मी तथा प्रभावित परिवारहरूले आपत्ति जनाएका छन्।
विरोधकर्ताहरूले शव व्यवस्थापनअघि पहिचान, डीएनए परीक्षण तथा आफन्तलाई जानकारी गराउने प्रक्रिया पूर्ण रूपमा सम्पन्न हुनुपर्ने माग गरेका छन्। घटनाबारे सरकारको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस