
काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष ईश्वर पोखरेलसहित ६ नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ।
बिहीबार बसेको एमाले सचिवालय बैठकले पोखरेलसहित पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, पूर्वसभामुख देवराज घिमिरे, नेताहरू थममाया थापा, विमला घिमिरे र काशीनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो।
सचिवालय बैठकपछि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयको उक्त निर्णय अनुमोदन गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
उनका अनुसार स्थायी कमिटीमा मनोनीत गर्न बाँकी रहेका अन्य नामबारे अर्को बैठकबाट निर्णय गरिनेछ।
यसैगरी एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने निर्णय गरेको छ। पार्टीमा भण्डारीको वरीयता दोस्रो रहने जनाइएको छ।