२०८३ आश्विन ५, सोमबार

एमाले केन्द्रीय कमिटी

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, पोलिटब्युरो र स्थायी कमिटी गठनको तयारी

एमाले केन्द्रीय कमिटी बैठक
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, पोलिटब्युरो र स्थायी कमिटी गठनको तयारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि सुरु हुँदैछ।

ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा बस्ने बैठकका एजेन्डा तय गर्न अहिले पार्टी सचिवालय बैठक बसिरहेको छ।

एमालेको ११औँ महाधिवेशन गत पुसमा सम्पन्न भएको थियो। महाधिवेशनबाट पदाधिकारीसहित केन्द्रीय कमिटी चयन भए पनि केन्द्रीय कमिटी बैठक बस्न ढिलाइ हुँदा पोलिटब्युरो र स्थायी कमिटी गठन हुन सकेको छैन।

एमालेको वैधानिक व्यवस्थाअनुसार स्थायी कमिटी र पोलिटब्युरो गठन केन्द्रीय कमिटी बैठकबाटै गरिन्छ। केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटीको आकार हुने व्यवस्था छ।

एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय रहेकाले एकतिहाइका आधारमा १०० सदस्यीय पोलिटब्युरो गठन गर्नुपर्ने हुन्छ। त्यस्तै, पोलिटब्युरोको एकतिहाइका आधारमा ३३ सदस्यीय स्थायी कमिटी गठन हुने व्यवस्था छ।

आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकबाटै पोलिटब्युरो र स्थायी कमिटी गठन गर्नुपर्ने पक्षमा नेताहरूले धारणा राख्दै आएका छन्। बैठकमा सांगठनिकसहित समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस