२०८३ कार्तिक १, शनिबार

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
शनिबार बिहान भएको दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मृतकको पहिचान खुल्न सकेको छैन।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार विपरीत दिशाबाट आएको ट्रकसँग दुईवटा मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनामा अर्को मोटरसाइकलका चालक दाङको गढवा गाउँपालिका–२, बचैयाका २३ वर्षीय दिलीपकुमार यादव घाइते भएका छन्।
उक्त मोटरसाइकलमा सवार २१ वर्षीय अनिल योगी भने सकुशल रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ट्रकसहित दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ। ट्रक चालक घटनापछि फरार रहेकाले उनको खोजी भइरहेको प्रहरी निरीक्षक ढकालले जानकारी दिएका छन्।
दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस