२०८३ आश्विन २८, बुधबार

कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

मृत्यु, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँको कलङ्कीमा कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मृत्यु हुनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भई काठमाडौँको खसी बजारमा बस्दै आएका १८ वर्षीय रोशन पाख्रिन रहेका छन्।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१४, कलङ्कीस्थित क्षेत्रमा विवादका क्रममा १९ वर्षीय रूपेश पाख्रिनले कुटपिट गर्दा रोशन गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कलङ्कीस्थित शहीद मेमोरियल अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले रूपेशलाई मंगलबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धानका लागि प्रहरीले अन्य तीन जनालाई समेत नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।,

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस