२०८३ आश्विन १, बिहिबार

कांग्रेस महाधिवेशन

‘कांग्रेस दाइभाइवाला पार्टी हो, तिखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिगौँ’ : गगन थापा

कांग्रेस दाइभाइवाला पार्टी
‘कांग्रेस दाइभाइवाला पार्टी हो, तिखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिगौँ’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र हुने तिखा टिप्पणी तथा आलोचनालाई व्यक्तिगत रूपमा नलिन आग्रह गरेका छन्।

पार्टीका नेता तथा कार्यकर्ताबीच हुने बहस र मतभेदलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै थापाले कांग्रेसमा पारिवारिक शैलीको आत्मीय सम्बन्ध रहेकाले एकअर्काबीच गरिने टिप्पणीलाई व्यक्तिगत रूपमा नलिन आग्रह गरेका हुन्।

उनले पार्टीभित्र विचार तथा दृष्टिकोण फरक हुन सक्ने भन्दै त्यसलाई संवाद र छलफलका माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखेका छन्।

महाधिवेशनको तयारीसँगै कांग्रेसभित्र नेतृत्व, संगठन र आगामी राजनीतिक कार्यदिशाका विषयमा छलफल तथा बहस भइरहेको छ। यही क्रममा नेताहरूबीच सार्वजनिक रूपमा विभिन्न धारणा आउने गरेका छन्।

थापाले पार्टीभित्रको बहसलाई स्वस्थ रूपमा अघि बढाउँदै संगठनलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस