२०८३ आश्विन १८, आईतबार

रास्वपा सभापति रवि लामिछाने नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहभागी हुन काठमाडौंको खुलामञ्च पुगेका छन्।

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने

रवि लामिछाने कांग्रेस महाधिवेशन
  • दृष्टि नेपाल
  • २०८३ आश्विन १८, आईतबार
कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने

१८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहभागी हुन काठमाडौंको खुलामञ्च पुगेका छन्।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन लामिछाने आइतबार दिउँसो खुलामञ्च पुगेका हुन्।

कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको थियो। सोही निमन्त्रणाअनुसार रास्वपा सभापति लामिछाने महाधिवेशनस्थल पुगेका हुन्।

कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा भइरहेको छ। उद्घाटन समारोहमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरू पनि सहभागी भएका छन्।

कांग्रेसको १५औं महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस