
१७ चैत्र काठमाडौँ । काठमाडौँ जिल्ला का तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजाल पक्राउ परेका छन्। भाद्र २३ र २४ गते भएको आन्दोलनको कार्की आयोगको छानबिन समिति को प्रतिवेदन अनुसार आज बिहान रिजाललाई प्रहरीले पक्राउ गरेको हो। यसअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक ऊर्जामन्त्री दीपक खड्का लगायत नेताहरू पक्राउ परिसकेका छन्। अन्य नेता पनि पक्राउ गर्ने तयारी बालेन्द्र सरकार ले गरेको छ उता नेकपा एमाले का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले देशभर आन्दोलन गर्दै आएको छ। नेकपा एमालेले राजनीतिक पूर्वाग्रह राखी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको बताउँदै आएको छ।