२०८३ कार्तिक २, आईतबार

बस उद्धार

काभ्रेको रोशी खोलामा फसेको यात्रुवाहक बस जेसीबी प्रयोग गरी निकालियो

रोशी खोलामा बस फस्यो
काभ्रेको रोशी खोलामा फसेको यात्रुवाहक बस जेसीबी प्रयोग गरी निकालियो

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेमा रोशी खोला तर्ने क्रममा फसेको यात्रुवाहक बस उद्धार गरी निकालिएको छ।

बिहीबार कटुन्जेबाट थानसिंहतर्फ जाने भित्री सडकखण्डमा रोशी खोला तर्ने क्रममा बस खोलामै फसेको थियो।

बस खोलामा फसेपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस भकुण्डेबेँसी र प्रहरी चौकी भकुण्डेबेँसीबाट सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार जेसीबीको प्रयोग गरी बसलाई खोलाबाट निकालिएको हो।

बसमा सवार सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ।

खोलामा पानीको बहाव बढेको अवस्थामा सवारीसाधन सञ्चालन गर्दा जोखिम हुन सक्ने भएकाले स्थानीय तथा चालकहरूलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस