

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीर र चौकीभीरमा सवारीसाधनको आवतजावत भइरहेको छ। हालसम्म उक्त क्षेत्रमा कुनै समस्या नदेखिएको प्रहरीले जनाएको छ।
यद्यपि दुवै स्थानमा पहिरो तथा सडक अवरोधको जोखिम कायमै रहेकाले चालक तथा यात्रुलाई सजग भएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
वर्षाको सम्भावना र सडकको अवस्थालाई ध्यानमा राख्दै विशेष सावधानी अपनाउन तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्नसमेत आग्रह गरिएको छ।
प्रहरीले सडकको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ।