
१२ माघ, काठमाडौं । नेपाली बजारमा पछिल्लो एक साता देखि तपाईंको भान्छामा सधै प्रयोग हुने खानेतेलको मूल्यमा अप्रत्याशित वृद्धि भएको छ । तेलको भाउ वृद्धि हुदा प्रतिलिटर ३५ देखि ४० रुपैयाँसम्म पुग्दा उपभोक्ताको भान्सा निकै महँगो बनेको हो ।
बजारमा अहिले भटमास र सूर्यमुखी (सनफ्लावर) तेलको खुद्रा मूल्य प्रतिलिटर २ सय ९० देखि ३ सय रुपैयाँसम्म पुगेको छ । त्यसैगरी तोरीको तेल प्रतिलिटर ३ सय ८० देखि ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । व्यवसायीहरूका अनुसार पछिल्लो एक सातामा मात्रै तेलमा लिटरको ३५ देखि ४० रुपैयाँसम्मको वृद्धि देखिएको हो ।