
१३ असोज, धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ बाङ्गेमा लामो सवारी जाम भएको छ ।
सडकमा सवारीसाधनको चाप बढेसँगै बाङ्गे क्षेत्रमा लामो जाम भएको हो । जामका कारण पृथ्वीराजमार्ग हुँदै काठमाडौं तथा बाहिरी जिल्लातर्फ जाने–आउने सवारीसाधन प्रभावित भएका छन् ।
लामो समयदेखि सवारीसाधन जाममा रोकिँदा यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ । सडकको अवस्था र सवारी चापका कारण जाम बढेको बताइएको छ ।
सम्बन्धित निकायले सडकमा सहज रूपमा सवारी सञ्चालनका लागि आवश्यक व्यवस्थापन गरिरहेको जनाएको छ ।