२०८२ पौष २१, सोमबार

यातना पछि भाग्न बाध्य

गुम्वाको यातनाबाट भागेका ४ बालक प्रहरीको सर्म्पकमा, घर पुराइ दिन याचना

घरकाे खाेजी
गुम्वाको यातनाबाट भागेका ४ बालक प्रहरीको सर्म्पकमा, घर पुराइ दिन याचना

१९पौष, धादिङ/ नुवाकोट र काठमाण्डौ घर वताउने ४ वालक धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ८ खानिखोला ईलाका प्रहरी कार्यालयमा सर्म्पकमा आएका छन् । केहि महिना अघि कर्म सम्तेन लिङ गुम्वामा अविभावकले छोडेका ४ बालक पौष १८ गते शुक्रवार दिउसो करिव २ वजे हिडेका बालकहरुलाई भाडा माझन लगाउने कुटपिट गरी यातना दिन थाले पछि सहन नसकेर आफुहरु गुम्वाबाट भागेको बालकहरुले वताए छन् ।

drishtinepal
नुवाकोट जिल्ला देउराली अर्चले घर वताउने आर्यस तामाङ, लक्षु तामाङ र राम तामाङ छन् भने एमार राई सातदोवाटो घर वताएका छन् । नुवाकोट घर वताउने तिन बालकहरुले नुवाकोट देउराली अर्चलेका एकै गाउँका वताएका छन् भने एमार राई फरक ठाउँका भएको वताएका छन् । बालक एमार राईले आफ्नो घर सातदोवाटो वताए पनि घर पत्ता नलाग्ने भए पछि ३ जना साथीहरु कै घरमा जान भनेर हिडेको बालक एमार राईले वताए । बुबा छिमेकी देश भारतमा मजदुरी गर्न गएको र आमा होटलमा काम गर्ने गरेकोले बुबाले गुम्वामा छोडर जानु भएको बालक एमार राई भन्छन् ।
बालकहरुको सहयाेगकाे याचना
४ बालक भागेर प्रहरीको सर्म्पकमा आएका ४ जना बालकले घर पुराइ दिन प्रहरी र पत्रकारलाई आग्रह गरेका छन् उनीहरुको आग्रह पछि हामीले काठमाण्डो नागार्जुन नगरपालिका स्वम्भु ठेगाना भएको कर्म सम्तेन लिङ गुम्वा गुगल लोकेसनमा राखिएको मोवाइल नम्वर ९८४३७९९६८६ मा सर्म्पक गर्दा सम्पर्क हुन सकेन ।

drishtinepal
गुम्वाको व्वास्ता
शुक्रवार देखी भागेका ४ बालक कर्म सम्तेन लिङ गुम्वाले किन खोजि गरेन अनि गुगलमा भएको मोवाइलमा सर्म्पक किन हुन सकेन भन्ने कुरा चासोको विषय वनेको छ । हुन त गुम्वाहरुमा बालशोषण बाल हिंसा नभएको भने होइन यस्ता घटनाहरु वाहिर नआएको भनै पक्कै होइन यस्ता घटना मानसपटलमा ताजा नै छन् । यस्तै घटना कर्म सम्तेन लिङ गुम्वामा पनि नभएको भन्न सकिन्न त्यसैले आफुले गरेका घटना लुकाउनका लागि पनि चासो नदिएको होकी ? राखिएका बालकहरुलाई संरक्षण गर्छु बालकहरुलाई ज्ञान दिन्छु भन्ने संस्थाले २ दिन देखी घर खोजि गर्दै हिडेका बेवारिसे यि बालकको खोजि किन भएको संम्वन्धित निकायले चासो दिन आवश्यक देखिन्छ ।

भिडियाे

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस