२०८३ आश्विन २९, बिहिबार

गुल्मीमा देवरद्वारा भाउजूको हत्या गरेको आरोप, एक जना पक्राउ

गुल्मीमा देवरद्वारा भाउजूको हत्या गरेको आरोप, एक जना पक्राउ

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा देवरले भाउजूको हत्या गरेको आरोप लागेको छ। मालिका गाउँपालिका–२, दर्लिङको खोलाखर्कका ४६ वर्षीय बलबहादुर खत्रीले ४२ वर्षीया लिला खत्रीको हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार गत असोज २५ गते मादक पदार्थ सेवन गरेका बलबहादुरले भाउजू लिलामाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी लिलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभास लगिएको थियो।
उपचारपछि घर फर्किने क्रममा प्रहरीले शंका लागेपछि लिलालाई गुल्मी अस्पताल पुर्‍याएको थियो। अस्पतालमा जाँच गर्ने क्रममा उनको मृत्यु भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बलबहादुरलाई नियन्त्रणमा लिएको छ। उनीमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतक लिलाको शव गुल्मी अस्पतालमा पोस्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले बताउनुभयो।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस