२०८३ आश्विन २९, बिहिबार

चितवनमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते

चितवनमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा बसले सडक छेउमा रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार बिहीबार बिहान करिब ४ः१० बजे काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.६ ख १८९० नम्बरको बसले सडक छेउमा रोकिराखेको लु.२ ख ५२७६ नम्बरको ट्रकलाई ठक्कर दिएको हो।
दुर्घटनामा ट्रक चालकसहित बस तथा ट्रकमा सवार गरी ८ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस