
९ असोज, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ चुम्लिङटारमा बससँग मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्।
फिस्लिङतर्फबाट मुग्लिङतर्फ आउँदै गरेको बा ६७ प १६१३ नम्बरको मोटरसाइकल काठमाडौंंतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–०००१ ख ०७४२ नम्बरको बससँग ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक गोरखा सहिदलखन गाउँपालिका–४ राइनासका ४७ वर्षीय दलबहादुर राना घाइते भएका छन्।
घटनाबारे पत्रकार चित्रसोल्टी गुरुङले जानकारी दिएका हुन्।
घाइते रानाको अवस्था तथा दुर्घटनाको विस्तृत विवरणबारे थप जानकारी आउन बाँकी छ।