२०८३ आश्विन १९, सोमबार

स्थानीय समाचार

चिनी भनेर युरिया मल खाँदा मकवानपुरमा ७ जना बिरामी

मकवानपुरमा चिनी भनेर युरिया मल खाँदा ७ जना बिरामी
चिनी भनेर युरिया मल खाँदा मकवानपुरमा ७ जना बिरामी

१८ असोज, काठमाडौं । मकवानपुरको मनहरीमा चिनी भनेर युरिया मल प्रयोग गर्दा सात जना बिरामी भएका छन् ।

मनहरी गाउँपालिका–८, सिमपानीमा शनिबार साँझ करिब ५ बजे अमिलो साँधेर खाने क्रममा चिनी ठानेर युरिया मल प्रयोग गर्दा सात जना बिरामी भएका हुन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमलाका अनुसार सुरुमा स्थानीय तीन बालबालिकाले चिनी ठानेर युरिया मल खाएका थिए । त्यसपछि अमिलो खाने क्रममा अन्यले समेत चिनी ठानी युरिया मल खाएका थिए ।

युरिया मल खाएर बिरामी हुनेमा मनहरी–८, सिमपानीका ४२ वर्षीया सोममाया रुम्बा, ३२ वर्षीया दीपा थिङ, २२ वर्षीय दावा थिङ र पाँच वर्षीया सैनिका बलसहित सात जना रहेका छन् ।

बिरामी सबैलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचाररत सबैको अवस्था सामान्य रहेको छ ।

घटनाबारे थप विवरण संकलन भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस