२०८३ आश्विन १९, सोमबार

सीके राउत

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत निर्वाचित, महासचिवमा सञ्जय यादव

जनमत पार्टीको दोस्रो महाधिवेशनबाट डा. सीके राउत पुनः अध्यक्षमा निर्वाचित भएका छन् । महासचिवमा सञ्जयकुमार यादव निर्वाचित भएका छन् ।
जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत निर्वाचित, महासचिवमा सञ्जय यादव

१८ असोज, काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन् । वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउत ९५८ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेको थियो । तर, पार्टीको विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेकाले अध्यक्ष पदमा पनि मतदान भएको थियो ।

महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि मतदान भएको थियो ।

उपाध्यक्षमा सात जना निर्वाचित

उपाध्यक्ष पदमा अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु), बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजकुमार यादव (सिरहा) र माधवप्रसाद सिंह (पर्सा) निर्वाचित भएका छन् ।

उपाध्यक्षका लागि ११ जना प्रतिस्पर्धामा थिए । परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन भने पराजित भएका छन् ।

महासचिवमा सञ्जयकुमार यादव

महासचिव पदमा सिरहाका सञ्जयकुमार यादव ६१८ मतसहित निर्वाचित भएका छन् ।

महासचिव पदका लागि ममता झा र चन्दनकुमार सिंहले पनि प्रतिस्पर्धा गरेका थिए । झाले २२० मत र सिंहले १६५ मत प्राप्त गरेका छन् । उनीहरूले पार्टीले तोकेको २० प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको जनमत पार्टीले जनाएको छ ।

उपमहासचिवमा निर्मलकुमार मण्डल

उपमहासचिव पदमा सिरहाका निर्मलकुमार मण्डल ५०१ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत प्राप्त गरे ।

त्यस्तै, सचिव पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन् ।

सात सचिव पदका लागि नौ जना चुनावी मैदानमा थिए । वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साह भने पराजित भएका छन् ।

जनमत पार्टीले महाधिवेशनमार्फत नयाँ केन्द्रीय नेतृत्व चयन गरेको हो । अध्यक्षमा पुनः राउत निर्वाचित भएसँगै पार्टीको नेतृत्वमा निरन्तरता कायम भएको छ ।

उपशीर्षक : जनमत पार्टीको दोस्रो महाधिवेशनबाट राउत पुनः अध्यक्ष, सञ्जयकुमार यादव महासचिवमा निर्वाचित

Facebook Description :
जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन् । वीरगञ्जमा सम्पन्न दोस्रो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउत ९५८ मतसहित अध्यक्ष बनेका हुन् । महासचिवमा सञ्जयकुमार यादव निर्वाचित भएका छन् ।drishtinepaldrishtinepal

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस