२०८३ आश्विन २९, बिहिबार

जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते

जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका–२, गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनीचाँदे गाउँपालिका–३, स्यालाकी ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
दुर्घटनामा जुनीचाँदे गाउँपालिका–३, स्यालाका ३० वर्षीय दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्।
घाइतेहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ।
घाइते तीनै जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस