२०८२ चैत्र १९, बिहिबार

राजनीति

जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत को सुरक्षा व्यवस्था कडा

सुरक्षा व्यवस्था कडा
जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत को सुरक्षा व्यवस्था कडा

१५ चैत्र, काठमाडौँ। जिल्ला अदालत काठमाडौँ को सुरक्षा कडा पारिएको छ। नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चैत्र १४ गते बिहान पक्राउ गरेपछि आज जिल्ला अदालत काठमाडौँमा पेश गर्ने तयारी भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको हो। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ गरेपछि नेकपा एमालेको सचिवालय बैठक बाट आन्दोलनको घोषणा गरेसँगै नेकपा एमालेले ७७ वटा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनुका साथै विरोधको कार्यक्रम गर्ने तयारी गरेको छ काठमाडौँको माइतीघर बाट निक्लेको र्यालीले जिल्ला प्रशासन कार्यालय काठमाडौँ मा नेकपा एमालेले ज्ञापनपत्र बुझाउँदै छ। नेकपा एमालेका नेता तथा कार्यकर्ता हरू काठमाडौँको माइतीघर मा जम्मा हुँदै छन् जम्मा भएका नेता कार्यकर्ताहरु काठमाडौँ जिल्ला प्रशासन कार्यालय जानेछन्।

Video link

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस