२०८३ कार्तिक २, आईतबार

जुफाल एयरपोर्ट

जुफाल एयरपोर्टमा सीता एयरको जहाजको पांग्रा खुस्कियो, १३ जना यात्रु सकुशल

सीता एयरको जहाज
जुफाल एयरपोर्टमा सीता एयरको जहाजको पांग्रा खुस्कियो, १३ जना यात्रु सकुशल

काठमाडौं, ८ असोज । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको एउटा पांग्रा खुस्किएको छ।

नेपालगञ्जबाट १३ जना यात्रु लिएर डोल्पा पुगेको सीता एयरको जहाज अवतरण गर्ने क्रममा पछाडितर्फको दायाँपट्टिको एउटा पांग्रा खुस्किएर बाहिर निस्किएको हो।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जहाजको पांग्रामा सामान्य समस्या देखिएको र जहाजमा सवार सबै जना सकुशल रहेको जानकारी दिइन्।

उनका अनुसार अहिले जहाज धावनमार्गमै रहेको छ भने प्राविधिक टोलीले जहाजको जाँच गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिल राज गिरीका अनुसार बिहान ८ः२५ बजे जहाज अवतरण गर्ने क्रममा पछाडितर्फको एउटा पांग्रा खुस्किएर बाहिर निस्किएको हो।

जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना यात्रु सवार थिए। यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेको डीएसपी गिरीले जानकारी दिए।

पांग्रा खुस्किए पनि जहाजमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको प्रहरीले जनाएको छ। घटनापछि प्राविधिक टोलीले जहाजको अवस्था जाँच गरिरहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस