२०८३ आश्विन २२, बिहिबार

बालिका मृत्यु

डोटीमा चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

डोटीमा चट्याङ
डोटीमा चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

२२ असोज, डोटी । डोटीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जोरायल गाउँपालिका–६ बसौटी बस्ने भुपेन्द्र साउँदकी ७ वर्षीया छोरी रञ्जना साउँद रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार घरको आँगनमा खेलिरहेका बेला घर नजिकै रहेको बिजुलीको पोलमा चट्याङ परेको थियो। सोही क्रममा चट्याङ लागेर रञ्जना घाइते भएकी थिइन्।

घाइते रञ्जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस