२०८३ आश्विन २६, सोमबार

तनहुँमा सिमेन्ट बोकेको ट्रक सडकबाट २० मिटर तल खस्यो, चालकको मृत्यु

तनहुँमा सिमेन्ट बोकेको ट्रक सडकबाट २० मिटर तल खस्यो, चालकको मृत्यु

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

प्रहरीका अनुसार डुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा धादिङको सिद्धलेक गाउँपालिका–६ निवासी ३० वर्षीय ट्रक चालक सञ्जीव मगरको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

त्यस्तै, ट्रकका सहचालक सोही ठाउँका २२ वर्षीय प्रदीप विक घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते विक बोल्न सक्ने अवस्थामा रहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस