ताप्लेजुङ । मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी भएको छ। आगलागीमा परी करिब १० घर जलेका छन्।
करिब ५० घरधुरी रहेको बाक्लो बस्तीमा आगलागी भएको हो। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
आगो नियन्त्रण तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
आगो नियन्त्रणका लागि घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटिएका छन्।
आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको र घटनाबाट भएको क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।