असोज २ नुवाकोट । त्रिशूली नदीमा पानीको बहाव बढेसँगै नदीले किनार कटान गर्न थालेपछि तारुकाघाट क्षेत्रमा त्रास बढेको छ।
नदीले लगातार किनारतर्फ कटान गरिरहेकाले आसपासका बस्ती तथा भौतिक संरचनामा जोखिम बढेको स्थानीयले बताएका छन्। कटानका कारण नदी आसपास बसोबास गर्ने स्थानीयवासीमा चिन्ता बढेको छ।
स्थानीयका अनुसार नदीको बहाव बढ्दा तारुकाघाट क्षेत्रमा कटान तीव्र हुँदै गएको हो। सम्भावित क्षति रोक्न सम्बन्धित निकायले तत्काल आवश्यक सुरक्षा तथा नियन्त्रणका उपाय अपनाउनुपर्ने माग गरिएको छ।
नदी कटानको जोखिममा रहेका क्षेत्रमा स्थानीय प्रशासन तथा स्थानीय तहले अनुगमन बढाउनुका साथै आवश्यक सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरेका छन्।
नुवाकोट । त्रिशूली नदीमा पानीको बहाव बढेसँगै नदीले किनार कटान गर्न थालेपछि तारुकाघाट क्षेत्रमा त्रास बढेको छ।