२०८३ आश्विन १, बिहिबार

त्रिशूली नदी, सरसफाइ

त्रिशूली नदी क्षेत्रमा थुप्रिएको फोहोर तथा बाढीजन्य सामग्री सरसफाइ

त्रिशूली नदी, सरसफाइ
त्रिशूली नदी क्षेत्रमा थुप्रिएको फोहोर तथा बाढीजन्य सामग्री सरसफाइ

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले त्रिशूली नदी क्षेत्रमा थुप्रिएको फोहोर तथा बाढीजन्य सामग्री हटाउँदै सरसफाइ गरेको छ।

गाउँपालिका क्षेत्रभित्र पर्ने त्रिशूली नदीको विभिन्न क्षेत्रमा बाढीका कारण थुप्रिएका फोहोर, ढुंगा, माटो तथा अन्य बाढीजन्य सामग्री हटाएर सरसफाइ गरिएको गाउँपालिकाले जनाएको छ।

नदी क्षेत्रमा फोहोर तथा बाढीजन्य सामग्री थुप्रिँदा वातावरणमा असर पर्नुका साथै नदी आसपासको क्षेत्रसमेत प्रदूषित हुने भएकाले सरसफाइ अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले नदी तथा आसपासका क्षेत्रमा फोहोर नफाल्न र वातावरण संरक्षणमा सहयोग गर्न स्थानीय बासिन्दालाई आग्रह गरेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस