

२३ असोज, धादिङ । धादिङका यातायात व्यवसायीहरूले दशैंमा सार्वजनिक यातायातको भाडा २० प्रतिशत बढाउन माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार आयोजना गरेको चाडपर्व केन्द्रित छलफलमा यातायात व्यवसायीहरूले यस्तो माग राखेका हुन् ।
दशैंमा यात्रुको चाप बढ्ने भएकाले यातायात व्यवस्थापन, यात्रुको सहज यात्रा र सेवा सञ्चालनका विषयमा छलफल भएको जनाइएको छ । सोही छलफलमा व्यवसायीहरूले भाडा २० प्रतिशत बढाउनुपर्ने माग अघि सारेका हुन् ।