
काठमाडौँ । नेपालीको महान् चाड बडादसैँ मनाउन घटस्थापनादेखि हालसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्।
दसैँ नजिकिँदै जाँदा उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्दै गएको छ। रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका सर्वसाधारण दसैँ मनाउन आ–आफ्नो गाउँघर फर्किन थालेका हुन्।
यात्रुको चाप बढेसँगै सम्बन्धित निकायले यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक व्यवस्थापन तथा निगरानी गरिरहेका छन्।
दसैँका लागि घर फर्किने यात्रुको संख्या अझै बढ्ने अनुमान गरिएको छ। यात्रुहरूलाई सुरक्षित यात्राका लागि सावधानी अपनाउन तथा सवारीसाधनमा यात्रा गर्दा आवश्यक सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरिएको छ।