
भाद्र २९ धादिङ । भोटेकोशी बाढीका कारण गम्भीर क्षति पुगेको धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा आएको छ।
बाढीबाट क्षतिग्रस्त सबस्टेसनको आवश्यक मर्मत तथा प्राविधिक काम सम्पन्न गरी पुनःचार्ज गरिएको हो। सबस्टेसन सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत् सेवा समेत सुचारु भएको छ।
बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि सेवा प्रभावित बनेको थियो। प्राविधिक टोलीको निरन्तर प्रयासपछि सबस्टेसन पुनः सञ्चालनमा ल्याइएको हो।
जहरे सबस्टेसन सञ्चालनमा आएसँगै आसपासका क्षेत्रमा विद्युत् आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।