२०८३ आश्विन १२, सोमबार

माथिबाट निरन्तर पहिरो, तलबाट त्रिशूलीको कटान

धादिङको पहरेभीरमा पहिरो, पृथ्वीराजमार्ग ठप्प

पहरेभीरमा पहिरो
धादिङको पहरेभीरमा पहिरो, पृथ्वीराजमार्ग ठप्प

११ असोज, काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ पहरेभीरमा पहिरो खस्दा सडक ठप्प भएको छ ।

पहरेभीरमा माथिबाट निरन्तर पहिरो खसिरहेको र तलबाट त्रिशूली नदीले सडकतर्फ कटान गरिरहेका कारण सडकमा सवारी आवागमन प्रभावित भएको हो ।

पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन समेत समस्या भएको जनाइएको छ । सडकको माथिल्लो भागबाट ढुंगा–माटोसहितको पहिरो खसिरहेको तथा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरिरहेकाले जोखिम थप बढेको छ ।

पहिरोका कारण पृथ्वीराजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । सडक खुलाउने तथा अवस्था सहज बनाउने प्रयास भइरहेको जनाइएको छ ।

पहरेभीरमा सडकको माथिल्लो भागबाट पहिरो खस्ने र तल्लो भाग त्रिशूली नदीले कटान गर्ने क्रम जारी रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस