२०८३ आश्विन १५, बिहिबार

धुनिबेँसी

धादिङमा अरिंगालले टोक्दा एकजनाको मृत्यु, एकजना घाइते

धादिङमा अरिंगालले टोक्दा मृत्यु
धादिङमा अरिंगालले टोक्दा एकजनाको मृत्यु, एकजना घाइते

१५ असोज, धादिङ । धादिङमा अरिंगालले टोक्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

धुनिबेँसी नगरपालिका–९, रानागाउँमा मंगलबार बेलुका करिब ६ः३० बजे अरिंगालले टोक्दा घाइते भएका दुईमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार रानागाउँमा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका दाङका ३७ वर्षीय कमानसिंह घर्तीमगर र धुनिबेँसी नगरपालिका–९, सिक्रेखोलाका ५३ वर्षीय राम तामाङलाई अरिंगालले टोकेको थियो ।

उनीहरू नजिकैको पाखोमा अरिंगाल पोल्ने क्रममा अरिंगालले टोकेपछि घाइते भएका थिए । त्यसपछि छिमेकीले दुवैजनालाई उपचारका लागि काठमाडौं ल्याएका थिए ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घर्तीमगरको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, अरिंगालको टोकाइबाट घाइते भएका तामाङ भने सामान्य उपचारपछि आफूखुसी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रहरीले घटनाबारे थप विवरण संकलन भइरहेको जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस