
८ आश्विन,धादिङ । नेपाली कांग्रेस धुनिवेशी नगर कार्यसमितिको सभापति पदका लागि निर्वाचन आगामी असोज ११ गते हुने भएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार धुनिवेशी नगर सभापति र सचिवको निर्वाचन असोज ११ गते बिहान ११ बजेदेखि नौबिसे एग्रो रिसोर्टमा हुने भएको छ। निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत सुवास पाठकले बताए छन् ।
पार्टीको स्थानीय नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनलाई धुनिवेशी क्षेत्रका कांग्रेस कार्यकर्ताले चासोका साथ हेरिरहेका छन्। निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने भएकाले नगर क्षेत्रभित्र राजनीतिक सरगर्मी समेत बढेको छ।
निर्वाचन समितिले सबै मतदाता, प्रतिनिधि तथा सम्बन्धित पक्षलाई निर्धारित समयमै उपस्थित भई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।