२०८३ आश्विन ९, शुक्रबार

धुनीबेँसी नगरपालिका

धुनीबेँसीका सबै विद्यालय असोज ९ गते बन्द रहने

धुनीबेँसीका विद्यालय बन्द
धुनीबेँसीका सबै विद्यालय असोज ९ गते बन्द रहने

धादिङ । भारी वर्षा, बाढी तथा पहिरोको सम्भावनालाई मध्यनजर गर्दै धुनीबेँसी नगरपालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालय एक दिनका लागि बन्द हुने भएका छन्।

नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार असोज ९ गते शुक्रबार नगरपालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द रहनेछन्।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सम्बन्धित निकायबाट असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हिमपहिरो, हावाहुरी र चट्याङको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार असोज ९ गते एक दिन विद्यालय बन्द रहने निर्णय गरिएको हो। विद्यालय बन्दसम्बन्धी जानकारी सम्बन्धित सबैलाई गराउन नगरपालिकाले आग्रह गरेको छ।

नगरपालिकाले विद्यालय तथा विद्यार्थीलाई मौसमको अवस्था र सम्भावित जोखिमप्रति सतर्क रहनसमेत आग्रह गरेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस